खुम्बु क्षेत्रमा हेलिकप्टर उडान स्थगन
पुस २२, २०८१ सोमबार
कास्की – कलाकार दुर्गा बराल ‘वात्स्यायन’ को पोखरामा शनिबार रथारोहणसहित नागरिक अभिनन्दन गरिएकाे छ । पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा एक दर्जन भन्दा बढी संस्थाहरुले कलाकार वात्स्यायनको सम्मानमा रथारोहणसहित नागरिक अभिनन्दन गरेका हुन् । वात्स्यायन चर्चित कार्टुनिस्ट तथा चित्रकार हुनुहुन्छ ।
वात्स्यायन निवास नदीपुरदेखि सुरु भएको रथयात्रा कन्या क्याम्पस, बालमन्दिर, पृथ्वीनारायण क्याम्पस, ट्याक्सीचोक, बागबजार हुँदै विन्ध्यवासिनी परिसरको सभाकक्षमा पुगेको थियो । ८० वर्ष पूरा गरी ८१ वर्ष प्रवेश गरेकाे दिन पारेर बरालको अभिनन्दन गरिएको हो ।
अभिनन्दन कार्यक्रममा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले कलाकार बरालको जीवनीबारे जानकारी दिदै बरालले वात्स्यायनका नाममार्फत व्यङ्ग्यचित्र माध्यमबाट नेपालीको समाज र राजनीतिका विकृति, विसंगति केलाउँदै व्यङ्ग्यचित्रकारितामा सर्वोच्च शिखरका रुपमा आफूलाई उभ्याएको बताए ।
वि. स. १९९९ चैत ५ मा आर्बा (हाल पोखरा-१३) मा जन्मिनुभएका बराल ८० वर्ष पूरा हुनुभएकाे छ । नेपाली कला क्षेत्रमा लामो समय योगदान पुर्याएका उनले दर्जनौं पुरस्कार र सम्मान प्राप्त गरिसक्नुभएकाे छ । सम्मान समारोहमा कला र उहाँका बारेमा सरुभक्त, इश्वरमणि अधिकारी लगाएतका साहित्यकारहरुले कविता मार्फत सम्झिनुभयाे ।
बरालले नेपाली चित्रकारितामा दिएको योगदानको कदरस्वरुप रथारोहण सहित सम्मान गरेको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले बताउनुभयाे । बरालले वात्स्यायनका नाममार्फत व्यंग्यचित्रका माध्यमबाट नेपालीको समाज र राजनीतिका विकृति, विसंगति केलाउँदै व्यंग्यचित्रकारितामा सर्वोच्च शिखरका रुपमा आफूलाई उभ्याएको अध्यक्ष पौडेले बताउनुभयाे ।
वात्स्यायनले चार पटक एकल चित्रकला प्रदर्शनी गरिसक्नुभएकाे छ । २० वर्षको उमेरमा नयाँ सन्देश साप्ताहिकमार्फत व्यङ्ग्य चित्रकारकाे रुपमा काम सुरु गर्नुभएका उहाँले नेपाली कला क्षेत्रमा ५ दशक बिताइसक्नुभएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।