आज सुदूरपश्चिम र कर्णाली तथा भोलि काठमाण्डौसहित अरु ठाउँमा ह...
पुस २२, २०८१ सोमबार
कास्की – पोखराकाे इन्द्रेणी थिएटरको प्रस्तुति रहेको नाटक 'इम्ब्रियोनिक' जापानमा मञ्चन हुने भएको छ । आउँदो अप्रिल ८ तारिख शनिवार र ९ तारिख आइतवार बेलुकी जापानको इताबासीमा रहेको सबटेरेनियन थिएटरमा नाटक मञ्चन गरिने इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिए ।
गर्ने, खाने, मर्ने यो जीवनको मूल ध्येयलाई भुलेर मानिस आर्जन र सम्पत्ति एकट्ठामा व्यस्त हुँदा मानिसले बाँच्न नजानेको कुरालाई नाटकमा देखाइएकाे पाैडेलले बताए । यो नाटकले मानिसलाई सोच्न बाध्य बनाउने उनको भनाइ छ ।
जीवन बाँच्ने तरिकालाई नाटकले देखाउने नाटकका निर्देशक र अभिनेतासमेत रहेका पौडेलले बताए । नाटकमा पौडेलसँगै, कपिल शर्मा र दीपेन्द्र पौडेलको पनि अभिनय रहेको छ । नाटकमा शिवहरि अर्याल र अर्जुन गुरुङले सङ्गीत दिएका छन् । नाटक उत्पादनमा गण्डकी प्रज्ञा प्रतिष्ठानले सहयोग गरेको छ ।
२०२२ मार्च महिनामा इटालीकाे पिसामा आयोजित एक कार्यशालामा इटलीसहित युरोप, अमेरिका, अफ्रिका, एसियाका साहित्य, सङ्गीत, रङ्गमञ्चका सम्पूर्ण कला विधाका कलाकार सहभागी भएका थिए । जहाँ एसियाबाट केदारनाथ पौडेलले सहभागिता जनाएका थिए । कला क्षेत्रमा सबै कलाका विधा प्रयोग गरेर केही नौलो प्रस्तुति जन्माउने समूहको उद्देश्यअनुसार यो नाटक तयार पारेको उनले बताए । त्यही क्रममा अहिलेको पछिल्लो प्रस्तुति 'इम्ब्रिओनिक' तयार भएको उनको भनाइ छ ।
यो नाटक २०७९ साउन ६ गते ढिकीडाँडा रिसोर्ट घार्मीमा प्रदर्शन गरिएको थियो । त्यसपछि २०७९ असोज १४ गते पोखरा थिएटरमा भएको पोखरा लिटरेचर फेस्टिभलमा यो नाटक प्रदर्शन गरिएको थियो । त्यसैगरी काठमाण्डाैकाे मण्डला थिएटरमा भएको नेपाल इन्टरनेशनल थिएटर फेस्टिभलमा पनि प्रदर्शन भइसकेको छ ।
इन्द्रेणी थिएटरको स्थापना २०७६ सालमा भएको हो । स्थापनाकालदेखि अहिलेसम्म संस्थाले नाटक तथा साहित्यका अन्य विधाहरूमा विभिन्न काम गर्दै आइरहेको छ । संस्थाले स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नाटक, कार्यपत्र, खोज अनुसन्धान, चित्रकला, कविता, गजललगायतको क्षेत्रमा काम गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।