सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको दुई दिनभित्र सरकारले पूर्णता पाउने बताउनुभएको छ ।
बुधवार नेकपा (माओवादी केन्द्र) काे केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले लगभग पूर्णता पाइसकेको र अबको दुई दिनभित्रमा पूर्णरूपमा सरकार विस्तार हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मैले प्रधानमन्त्री बनेर अहिले सरकार सञ्चालनको अवसर पाएको छु, त्यो पनि चुनौतीपूर्ण रूपमा छ । अहिले सरकारले करिब–करिब पूर्णता पाएको छ । आज–भोलि शतप्रतिशत नै पूर्णता प्राप्त गर्छ ।’
प्रधानमन्त्री प्रचण्डले अब सरकारको ध्यान पूर्णरूपमा नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुने बताउँदै अबको बजेट गुणात्मक रूपमा र नागरिकले केही राहत पाउने गरी निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो । नागरिकले फरक अनुभूति गर्न नसके अहिलेसम्मका सबै परिवर्तन धरापमा पर्नसक्ने उहाँकाे भनाइ थियाे ।
प्रधानमन्त्रीले आफ्नो कार्यकालमा नागरिकमा आशा जगाउने अधिकतम काम गर्न प्रयास गर्ने पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।