सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – प्रतिनिधि सभाका सांसदहरूले देशभरका पहाडी जिल्लामा बाँदरले किसानका बालीनाली सखाप गरी दुःख दिएको भन्दै समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको आज आइतवारको बैठकको शून्य समयमा बोल्दै सांसद रामहरि खतिवडाले पहाडी जिल्लामा बाँदरले किसानलाई दुःख दिएर आतङ्क मच्चाइरहेको भन्दै समाधानका लागि सरकारसँग आग्रह गर्नुभयो । उहाँले बाँदरको व्यावसायिक व्यापार गर्न र निर्यात गर्न सकिनेबारेमा सोच्ने बेला आएकोसमेत बताउनुभयो ।
अर्का सांसद रामकुमार राईले पहाडी जिल्लामा बाँदरका कारण किसानको उठीबास भइरहेको बताउँदै समाधानकाे समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बाँदरकाे आतङ्कलाई लिएर उज्यालाेले ‘बाँदरको उपद्रो’ नामक शृङ्खलाबद्ध कथाकाे सुरु गरेकाे छ । यस शृङ्खलामा देशभर भइरहेका बाँदर आतङ्कका अनेक पक्षमा विभिन्न कथाहरू समेटिएकाे छ ।
सम्बन्धित समाचार
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।