चुनाव प्रचारमा हेलिकप्टर प्रयाेग नगर्न आयाेगकाे आग्रह

 वैशाख ५, २०८० मंगलबार १९:१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयाेगले यही वैशाख १० गते हुने उपचुनावकाे प्रचारका लागि हेलिकप्टर प्रयाेग नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।

बारा, चितवन र तनहुँमा हुने उपचुनावका लागि कुनै पनि ठाउँमा निर्वाचन आचारसंहिता बमोजिम हेलिकप्टर प्रयोग नगरि प्रचार गर्न सकिने अवधि पर्याप्त रहेको साथै ती जिल्लामा यातायातको सहज पहुँच रहेकोले हेलिकप्टर प्रयोग नगरि मितव्ययिता अपनाउन आयोगले आग्रह गरेको हो ।

यस्तै आयाेगले निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयनका लागि सरकारी निकाय तथा निजी हेलिकप्टर सेवा प्रदायकलाई आफ्नाे सहमतिविना चुनाव प्रचारमा सेवा उपलब्ध नगराउन पनि सूचित गराएको छ । यसअघि नेपालको भौगोलिक जटिलता रहेका तथा विकट ठाउँमा कुनै पनि दलका मुख्य दुई प्रचारकलाई हेलिकप्टर प्रयोग गर्न दिने व्यवस्था थियो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया