सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दर्शन पाउन पनि दुर्लभ भएको टिप्पणी गर्नुभएको छ ।
मङ्गलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले संसदमा प्रधानमन्त्री प्रचण्डकाे अनुहार हेर्न पनि दुर्लभ भएको बताउनुभएको हो । उहाँले भारत भ्रमणबारे संसदलाई अझै जानकारी नगराएको भन्दै प्रधानमन्त्रीको आलोचनासमेत गर्नुभयो । सांसदहरूले पटक–पटक आग्रह गर्दा पनि प्रधानमन्त्रीले संसदमा त्यसबारे एक शब्द पनि नबोलेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको भारत भ्रमण हाम्रा लागि महत्त्वपूर्ण छ । तर सबैभन्दा दुःखको कुरा के हो भने प्रधानमन्त्रीकाे भारत भ्रमणको एजेन्डा के–के हुन् भन्ने कुरा संसद् चलिरहेको यो बेला पनि हामीले अखबारहरूमा पढ्नुपरेको छ । बाहिर माध्यमहरूमा सुन्नुपरेको छ । संसदभित्र हामीले पटक–पटक आग्रह गर्दा पनि प्रधानमन्त्रीले आएर आफ्नो भारत भ्रमणबारे एक शब्द भन्नुभएको छैन । प्रधानमन्त्रीको त अनुहार हेर्न पनि, दर्शन पाउन पनि दुर्लभ भइसक्यो । त्यसैले यो महत्त्वपूर्ण विषयको बारेमा संसदभित्र छलफल होस् ।’
सांसद पन्तले प्रधानमन्त्री प्रचण्डकाे भारत भ्रमण फलदायी होस् भन्ने आफूहरूले चाहेको पनि बताउनुभयो । भारतसँगको सम्बन्ध नेपालका लागि महत्त्वपूर्ण हुने उल्लेख गदै उहाँले प्रधानमन्त्रीकाे त्याे भ्रमण सफल रहोस् भनी कामना गर्नुभयो ।
सांसद पन्तले भारतसँगको नेपालको सम्बन्ध अझै सुमधुर र सुदृढ हुनुपर्नेमा पनि जोड दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।