सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाण्डाैका सबै ठाउँका सीसीटीभीको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । काठमाण्डाैमा दिनदहाडै हत्या हुने क्रम बढ्दै गइरहेको उल्लेख गर्दै उहाँले शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाउन सङ्घीय सरकार र काठमाण्डाै महानगरपालिकाले मिलेर सबै ठाउँमा सीसीटीभी जडान गर्नुपर्ने बताउनुभएको हो ।
बुधवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै महामन्त्री थापाले कपनकाे सरस्वती नगरमा एक महिलाको दिनहदाडै हत्या भएको सात दिन बित्दा पनि सरकारले घटनाको सत्य/तथ्य बाहिर ल्याउने र दोषीलाई कारबाही गर्ने काम गर्न नसकेकोमा आक्रोशसमेत व्यक्त गर्नु भयो ।
उहाँले भन्नुभयो, ‘ कपनमा छुरी प्रहार गरेर हत्या भएको सात दिन भयो । पीडितका आफन्त प्रहरी कार्यालय र गृह मन्त्रालय धाइरहनुभएको छ । तर उहाँहरूले जवाफ पाउनुभएको छैन । आज संयोगले गृहमन्त्रीज्यू संसदमा उपस्थित हुनुहुन्छ । म गृहमन्त्रीज्यूलाई सभामुखमार्फत आग्रह गर्न चाहन्छु– घटनाको सत्य/तथ्य बाहिर आओस् । दिनदहाडै हत्या भएको सन्दर्भमा यहाँका नागरिकले त्यसलाई विश्वास गर्न नसक्ने अवस्था बनेको छ । महानगरपालिका, सङ्घीय सरकार मिलेर काठमाण्डाैमा सीसीटीभी जोडेको भए यो घटनाको तथ्य पत्ता लागिसकेकाे हुन्थ्यो ।’
महामन्त्री थापाले यस घटनाको सत्य/तथ्य तत्काल बाहिर ल्याई दोषीमाथि कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।