देशकाे शान्ति सुरक्षामा चुनाैती देखिएकाे भन्दै एमालेले सरकारकाे ध्यानाकर्षण गरायाे

 वैशाख १४, २०८० बिहीबार १६:५१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशको शान्ति सुरक्षामा देखापरेको चुनौतीका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।

एमालेले बिहीवार गृह मन्त्रालयमा पुगेर उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई देशको शान्ति सुरक्षामा देखापरेको चुनौतीका विषयमा ध्यानाकर्षण गराएको हो । गृहमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओली शान्तिपूर्ण गतिविधिमा संलग्न हुँदासमेत आक्रमण भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएको बताउनुभयो । उहाँले देशको सबैभन्दा ठूलो पार्टीका शीर्ष नेता आफ्नो जिल्लामा जाँदा भएको आक्रमणले देशको शान्ति सुरक्षा कस्तो छ भन्ने स्पष्ट पारेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘शान्ति सुरक्षामा देखापरेको अत्यन्त गम्भीर चुनौतीको बारेमा उपप्रधान एवम् गृहमन्त्रीज्यूलाई ध्यानाकर्षण गराएका छौँ । हाम्रो पार्टीको अध्यक्ष शान्तिपूर्ण गतिविधिमा संलग्न हुँदा, यो देशको सबैभन्दा ठूलो पार्टीका शीर्ष नेता आफ्नो जिल्लामा जाँदा जुन किसिमको अवस्था सिर्जना भयो, त्यो हरकत देखाउने कुरामा हामीले गम्भीर आपत्ति जनाएका छौँ, त्यसमा सहभागीहरूलाई छिटो भन्दा छिटो कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्छ भन्ने हाम्रो भनाइ छ । देशकै ठूलो पार्टीका शीर्ष नेता पनि असुरक्षित हुनुहुन्छ भने यहाँ सरकार छ कि छैन ? सरकारले के गर्छ ? यो गठबन्धन सरकार असफल भएको छ ।’

हिजो बुधवार झापामा एमाले अध्यक्ष ओली सहभागी कार्यक्रममा कोशी नामकरणको विपक्षमा रहेका समूहले हुलहुज्जत गरेका थिए ।

नेता भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै अराजक गतिविधि गर्नेहरुलाई प्रोत्साहित गरेको आरोप लगाउनुभयो । उहाँले प्रदेश नामाकरण कानुनी रूपबाट टुङ्ग्याइसकेको विषयमा प्रधानमन्त्रीले ठिक रहेनछ भन्नु अराजकतालाई प्रश्रय दिनु रहेको जिकिर गर्नुभयो । 

नेता भट्टराईले गएकाे वैशाख ७ गते दिनदहाडै कपनको सरस्वती नगरमा व्यवसाय गरेर बसेकी निरा आचार्यको हत्या भएकाे आठ दिन बितिसक्दा समेत पत्ता नलागेको विषयमा पनि गृहमन्त्रीको ध्यानाकर्षण गराएको बताउनुभयो । वर्तमान गठबन्धन सरकारले आफ्ना न्यूनतम कर्तव्य पनि पूरा गर्न नसकेको उहाँकाे आरोप छ ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Hari babu kamali

    April 27, 2023, 5:51 p.m.

    यो सरकार जिर्ण अबस्थामा रहेको अनुभूति हुँदैछ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया