सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने कुरा आर्थिक वर्ष २०७३/०७४ को बजेट वक्तव्यमा व्यवस्था भएको बताउनुभएको छ ।
शुक्रवारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद सापकोटाले तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३/०७४ को बजेट वक्तव्यमा समावेश गरेको कुरालाई नै वर्तमान सरकारले कार्यविधि बनाएको बताउनुभएको हो । उहाँले पौडेलले जारी गरेको बजेट वक्तव्यको बुँदा नम्बर १९ अनुसार सरकारले कार्यविधि बनाएको बताउनुभयो । उहाँले दुई लाख रुपैयाँले मानिसको गुजारा नचल्ने भन्दै व्यवस्था परिवर्तनका लागि बन्दुक बोकेका लडाकुको हुर्मत लिने काम नगर्न चेतावनी दिनुभयो । व्यवस्था परिवर्तनका लागि लडेका लडाकुलाई अपमान गर्ने छुट कसैलाई नभएको सांसद सापकाेटाले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने विषय तत्कालीन अर्थमन्त्री विष्णु पाैडेलले आर्थिक वर्ष २०७३/०७४ को बजेट वक्तव्यमा व्यवस्था गर्नुभएकाे थियाे । पुरानै बजेट वक्तव्य र अदालतको परिपत्रअनुसार अहिलेको सरकारले कार्यविधि विकास गर्न खोजेको हो । म स्पष्ट पार्न चाहन्छु, माननीय विष्णु पौडेलकै नेतृत्वमा ल्याइएको बजेट, नीति तथा कार्यक्रम, बजेट वक्तव्यको १९ नम्बरको बुँदा, अदालतले गरेको परिपत्रअनुसार कार्यविधि बनाउनका लागि मात्रै सरकारले अगाडि लगेको छ । सिँगै सदन र देशलाई भ्रमित बनाउने, बदनाम तुल्याउने काम गरिएको छ, म यसतर्फ ध्यानाकर्षण गराउन चाहन्छु ।’
सांसद सापकाेटाले वर्तमान सरकारले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिन लागेको भन्दै संसद् र देशलाई नै भ्रमित तुल्याउन खोजिएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।