सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि निरन्तर आक्रमणको प्रयास भए पनि सरकार मूकदर्शक बनेको गुनासो गर्नुभएको छ ।
पार्टी निकट अखिल नेपाल किसान महासङ्घले आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पूर्वका विभिन्न जिल्लाहरूमा आफूमाथिको आक्रमण प्रयासमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका परिवारको संलग्नता रहेको जिकिर गर्दै त्यस्ता उदण्ड, अराजनीतिक खालको गतिविधिलाई नियन्त्रण गर्नुको साटो सत्तारूढ दलकै कार्यकर्ताहरूले ढुङ्गामुढा गरेको पनि बताउनुभयो । हरेक ठाउँमा उनीहरूले निषेध गर्न खोज्ने, बाटो छेक्न खोज्ने, रुख ढालेर छेक्न खोज्ने, काँही ढुङ्गा हान्ने, काँही भिडन्त गर्न आउने गरे पनि सरकारले भने त्यस्ता गतिविधिलाई नियन्त्रण नगरेको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘हामी देशका विभिन्न ठाउँमा कार्यक्रममा जाने क्रममा हामीमाथि हमला गर्ने, पहिचानको राजनीति भनेर अराजनीतिक क्रियाकलाप गर्ने, ढुङ्गामुढा गर्ने खालका कामहरू भयाे । यसको संलग्नता विभिन्नतिर देखिएको छ । ज्ञानेन्द्र शाह र उनको परिवारको संलग्नता देखिएको छ । अर्को कुरा, अहिले सत्तामा हुने पार्टीका कार्यकर्ताहरू अर्काको नाममा ढुङ्गा हान्न त्यहाँ गएका छन् । हाम्राविरुद्ध अश्लील, असभ्य गालीगलौज गरिएकाे छ । त्यो म आफैँले देखेर, भोगेर आएको छु । त्यो खालको उदण्डता र सरकार मूकदर्शक भएकाे छ ।’
कार्यक्रममा अध्यक्ष ओलीले फटामा, मुर्ख र बुद्धि नभएकाहरूले मात्रै राजतन्त्र मान्ने टिप्पणी गर्नुभयो । स्वार्थी तत्त्व, अपराध कर्ममा लागेकाहरूले मात्रै राजतन्त्रलाई मान्ने उहाँको आरोप थियो ।
अध्यक्ष ओलीले महाकाली सन्धि आफूहरूले सच्याएको दाबीसमेत गर्नुभयो । बाँध बाँध्नका लागि भारतलाई जमिन दिने गरी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारतसँग गरेको सहमतिलाई खारेज गरेर आफूहरूले बाँध बाँध्न मात्रै जमिन दिने गरी त्याे सन्धिलाई सच्याइएको ओलीको तर्क थियो । उहाँले महाकाली सन्धि आफूहरूले सच्याएपछि त्यसबाट अनेक फाइदा भइरहेको जिकिर गर्नुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।