ओलीकाे दाबी– ‘यही सरकार रहिरहे देश टाट पल्टिन्छ’

 वैशाख १९, २०८० मंगलबार १६:१९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कायमै रहे देश टाट पल्टिनु अनिवार्य रहेको दाबी गर्नुभएकाे छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन उल्लेख गर्दै ओलीले देशकाे अर्थतन्त्र पूर्णरूपमा ओरालो लागेको र अबको डेढ वर्षमा रोक्न नसके नेपाल असफल राष्ट्र बन्ने खतरा रहेकाे बताउनुभयाे । 

मङ्गलवार नेकपा एमाले काठमाण्डाै महानगर कमिटीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पैसा नभएका कारण देशमा आयातमा कमी आएको देखिएकोतर्फ पनि सचेत गराउनुभयो । ओलीले भन्नुभयो, ‘पूर्णरूपमा अर्थतन्त्र ओरालो लाग्यो । देश असफलतातिर लाग्यो भनेर प्रतिवेदन सार्वजनिक भएका छन् । अब यदि डेढ वर्षमा अर्थतन्त्र सही बाटोमा फर्काउन सकिएन भने नेपाल असफल राष्ट्र बन्ने खतरा हुन्छ । हामीले बुझ्नु परेको छ कि देश बरबादीतिर जाँदैछ । अर्थतन्त्र सङ्कटमा छ । यही सरकार रहिरहने हो भने देश टाट पल्टिनु अनिवार्य छ । देश टाट पल्टिँदैछ ।’

कार्यक्रममा बाेल्दै अध्यक्ष ओलीले उद्याेगहरू बन्द प्रायःकाे अवस्थामा रहेकाे भन्दै औद्याेगिक क्षेत्र बरबाद भएकाे, निर्माण व्यवसाय ध्वस्त भएको उल्लेख गर्नुभयाे । अर्थतन्त्र सङ्कटमा भएकै कारण सरकारले पालिकामा जाने सम्पूरक बजेट ५० प्रतिशत कटौती गरेको उहाँकाे भनाइ थियाे ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया