नवनियुक्त तीन जना मन्त्रीको शपथ आज, नवौँ पटक विस्तार हुँदा पनि मन्त्रिपरिषद् अपूरै

 वैशाख २१, २०८० बिहीबार ९:४:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नवनियुक्त तीन जना मन्त्रीले आज शपथ ग्रहण गर्दैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा हिजो राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्री नियुक्त गर्नुभएको थियो ।

नेपाली कांग्रेसबाट धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बू मन्त्री नियुक्त हुनुभएको हो । उहाँहरुलाई राष्ट्रपति पौडेलले दिउँसो ३ बजे शीतलनिवासमा शपथ ग्रहण गराउने तयारी छ । नवनियुक्त मन्त्रीमध्ये गुरुङले कानुन, बस्नेतले स्वास्थ्य र लिम्बूले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले नवौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि सरकारले अझै पूर्णता पाएको छैन । गएको पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले चैत १७ मा सातौँ पटक र वैशाख ३ गते आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डसँग अझै दुई वटा मन्त्रालयको जिम्मेवारी छ । खानेपानी र वन तथा वातावरण मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया