नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा अहिलेसम्म ८ जना पक्राउ

 वैशाख २१, २०८० बिहीबार ९:५८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा अहिलेसम्म ८ जना पक्राउ परेका छन् । गृह मन्त्रालयका पूर्व सचिव एवं उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे, पूर्व मन्त्री एवम् सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपसहित ८ जना पक्राउ परेका हुन् । 

ठगी धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि केशव दुलाल, सानु भण्डारी, टङ्ककुमार गुरुङ, सागर राई र सन्देश शर्मालाई पक्राउ गरेको थियो । उनीहरुकै बयानका आधारमा प्रहरीले अस्ति मङ्गलवार तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई पक्राउ गरेको थियो । लगत्तै राईका छोरा निरज फरार भएका छन् । 

त्यस्तै, नेता रायमाझीका छोरा सन्दीपलाई प्रहरीले हिजो बेलुका बुटवलबाट पक्राउ गरेको छ । उनलाई आज काठमाण्डौ ल्याइँदैछ । सन्दीपलाई आज नै अदालतमा पेस गने तयारी छ । सांसद एवम् एमाले सचिव रायमाझीलाई पनि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । हिजो अर्घाखाँचीमा रहेका रायमाझीलाई प्रहरीले खोजिरहेको छ ।

बहालवाला सचिव पाण्डेलाई प्रहरीले हिजो पक्राउ गरी अदालतमा उपस्थित गराएर तीन दिन थुनामा राख्न म्याद लिएको छ । पक्राउ पुर्जी जारी भएका तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक फरार छन् । 

यो गिरोहले झण्डै ९ सय जनालाई ठगी गरेको र प्रतिव्यक्ति १० लाखदेखि ५० लाख रुपैयाँसम्म रकम उठाएको प्रहरीको प्रारम्भिक आकलन छ । ठगी र सङ्गठित अपराध कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Prakash khatri

    May 4, 2023, 10:23 a.m.

    यिनिहरु वास्तविक शरणार्थी बनाएर देश निकाला गरियोस

  •  0 Reply

तपाईको प्रतिक्रिया