सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नाे पार्टीलाई फसाउने षड्यन्त्र नगर्न भन्नुभएकाे छ ।
सङ्घीय संसद् भवनमा आयोजित पार्टी संसदीय दलको बैठकमा उहाँले आफूले र आफ्नो पार्टीले दोषीलाई कारबाही गर्ने विषयमा तलमाथि नगर्ने भन्दै यस्ताे बताउनु भएकाे हाे । अध्यक्ष ओलीले यस प्रकरणमा एमालेलाई फसाउने प्रयास नगर्न चुनौती समेत दिनुभयो ।
अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले कसैलाई बचाउने र कसैलाई फसाउने नियतका साथ ‘म कसैलाई छोडदिनँ’ भन्ने अभिव्यक्ति दिएको दाबी गर्दै त्यसलाई सफल हुन नदिइने चेतावनी समेत दिनुभयो ।
प्रधानमन्त्री प्रचण्डले शनिवार हिजो ओलीसँगको भेटपछि आफूले कसैलाई पनि नछोड्ने अभिव्यक्ति दिनु भएको थियो । त्यसप्रति ओलीको आपत्ति छ । आफूलाई भेट्न बोलाएर आफैँलाई दोषी देखाउनेगरी प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्ति आफूलाई सैह्य नहुने ओलीको भनाइ छ ।
उहाँले वर्तमान सरकारजस्तो प्रतिपक्षी विरोधी सरकार आफूले ५८ वर्षको राजनीतिक जीवनमा कहिल्यै नदेखेको आरोप समेत लगाउनु भयो ।
अध्यक्ष ओलीले भ्रष्टाचार विरुद्धको मुद्दामा कडा ढङ्गले प्रस्तुत हुन पनि पार्टीका सांसदलाई निर्देशन दिनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।