सांसद अमरेशकुमार सिंहद्वारा संसद् बैठकमा कपडा खोलेर विराेध

 वैशाख २५, २०८० सोमबार १२:१७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सांसद डा. अमरेशकुमार सिंहले प्रतिनिधि सभा बैठकमा आफ्नो कपडा खोलेर विराेध जनाउनुभएको छ । 

आजकाे प्रतिनिधि सभा बैठकको सुरुमै बोल्नका लागि हात उठाउनुभएका सांसद सिंहले बोल्न समय पाउनुभएको थिएन ।

सांसदहरु सिंह र प्रेम सुवालले आकस्मिक समयमा बोल्नुपर्ने माग गर्दै हात उठाएर उभिनुभएकाे थियो । तर सभामुखले बैठकमा आकस्मिक समय र विशेष समय नरहेको भन्दै बैठक नियमित कारबाहीमा जाने बताएसँगै सांसद सिंहले आफ्नो सर्ट र भित्री गन्जी खोलेर विराेध जनाउनुभएको हो ।

त्यससँगै संसदमा अन्य दलका सांसदहरुले समेत बोल्न पाउनुपर्ने माग गरेका थिए । तर सभामुख देवराज घिमिरेले सांसद सिंहलाई अशिष्ट, अश्लिल, अपमानजनक व्यवहार नगर्न अनुरोध गर्दै प्रतिनिधि सभा नियमावलीको नियम ३० अनुसार चल्न आग्रह गर्नुभयो । अनुशासित नभए सांसद सिंहमाथि अन्य कारबाही हुने चेतावनी पनि उहाँले दिनुभयो ।

यससँगै सभामुखले शून्य समयको कार्यक्रम प्रारम्भ गर्नुभयो । अहिले प्रतिनिधि सभा बैठक चलिरहेको छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • मेघ राज दाहाल

    May 8, 2023, 3:22 p.m.

    संसद भवन भनेको जनप्रतिनिधी अर्थात मान्य साम्सद ज्यू हरुले जनहित र जनसरोकारका विविध विषयमा छलफल गरि समस्या समाधानको माध्यम निकाल्ने थलो हो । नेता ज्यूहरुलाई बैठक बस्ने फुर्सद नै नभएर हो कि बोल्ने समय नै नदिई वा दिएपनि समय छुट्याएर छिटो छिटो वैठक सकेर हिड्न हतार किन भएको हो कुन्नी । बैठकमा सबैले ढुक्क सँग खुलेर बोल्ने मौका पाउनु पर्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया