रुसबाट कच्चा तेल किन्दा भारतलाई १ वर्षमै ४० अर्ब भारु फाइदा

 वैशाख २८, २०८० बिहीबार १४:१५:३१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतले रुसबाट कच्चा तेल किनेर एक वर्षमै ४० अर्ब भारतीय रुपैयाँ बचाएको छ । युक्रेनमाथि रुसले आक्रमण सुरु गरेपछि रुसी तेल नकिन्न युरोप र अमेरिकाको दबाबका बीच रुसबाट तेल किनेको भारतलाई ४० अर्ब भारु फाइदा भएको बीबीसी हिन्दीले जनाएको छ ।

रुसले भारतलाई विश्व बजारभन्दा सस्तोमा कच्चा तेल दिएकोले फाइदा भएको हो । सन् २०२२ मा भारतले रुसको तेल खरिद अघिल्लो वर्षको तुलनामा १० गुणाले बढाएको छ । रुस–युक्रेन युद्धले कच्चा तेलको मूल्य बढेको बेला भारतले अरू देशको खरिद घटाएर रुसको बढाएको हो ।

सन् २०२२ मा भारतलाई अरू देशको तुलनामा रुसको तेल किन्दा प्रतिटन झन्डै सात हजार तीन सय भारु फाइदा भएको बीबीसी हिन्दीले जनाएको छ । रुस–युक्रेन युद्ध सुरु भएपछि अमेरिका र युरोपको नाकाबन्दीमा परेको रुसले चीन र भारतलाई सस्तोमा कच्चा तेल उपलब्ध गराइरहेको छ ।

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया