सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै - नक्कली भुटानी शरणार्थी काण्ड लगायतका भ्रष्टाचारविरुद्ध काठमाण्डौको नक्साल र माइतीघरमा प्रदर्शन भएको छ । भ्रष्टाचारीहरुलाई तत्काल कानुनी दायरामा ल्याइ कारबाही गर्न माग गर्दै प्रदर्शन भएकाे हाे ।
नक्सालमा भएको प्रदर्शनमा पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराई, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, विभिन्न राजनीतिक दलका नेता, कलाकार, साहित्यकार, बुद्धिजीवी लगायतका व्यक्ति सहभागी भएका छन् । यस्तै, नागरिक अगुवासहितको टोलीले माइतीघरमा जम्मा भइ भ्रष्टाचारविराेधी विभिन्न साङ्गीतिक प्रस्तुतिसमेत दिएका छन् ।
प्रदर्शनमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आसिम शाहले आफूले नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा पनि आवाज उठाएको र अहिले नागरिकस्तरबाट आवाज आइरहेकाले सशक्त रुपमा सदन र सडकमा उभिएको बताउनु भयो ।
उहाँले राजनीतिको परिभाषा नै पैसा कमाउने हो भन्ने प्रवृत्ति देखिएकाले यस्तो प्रवृत्ति चिर्न आवश्यक रहेको बताउनु भयो । प्रदर्शनमा सहभागी ऋतु खड्काले देश विकास हुन नसक्नुको कारण भ्रष्टाचार रहेको उल्लेख गर्दै प्रमाण बाहिर आउँदा पनि कसरी मानिस फरार हुन्छ भन्ने मुख्य प्रश्न रहेको बताउनु भयो ।
त्यस्तै, प्रदर्शनमा सहभागी भावना राउतले नागरिकले देश र नागरिकको लागि काम गर्छौैँ भन्ने नेताहरु नै भ्रष्टाचारी बनिरहेकाले सबै नागरिकले आवाज उठाउनुपर्ने बताउनु भयो ।
तस्बिर : बाबुराम भट्टराई, राेहन कार्कीकाे फेसबुक
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।