तिलगङ्गा आँखा अस्पताललाई विश्वविद्यालय बनाउन मन्त्रिपरिषद्काे स्वीकृति

 जेठ २, २०८० मंगलबार १९:५४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले तिलगङ्गा आँखा अस्पताललाई विश्वविद्यालय बनाउन स्वीकृति दिएकाे छ । आज मङ्गलवार बसेकाे मन्त्रिपरिषद् बैठकले तिलगङ्गालाई मानक विश्वविद्यालय तर्जुमाका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति प्रदान गरिएको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयाे ।

यसैगरी बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय संरक्षक समितिको सदस्य पदमा प्राध्यापक श्रीराम रामकृष्ण, संगीता सिंह, प्राध्यापक पुष्करमान बज्राचार्य, प्राध्यापक सुजान फ्राटियार, प्राध्यापक नामपेर,  प्राध्यापक सुर्दशनराज तिवारी, पदम ज्योति, लोचन ज्ञवाली, डा. सन्दुक रुईत र भानुप्रसाद आचार्यलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ ।

मन्त्री शर्माका अनुसार जुम्ला विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउनका लागि झन्डै एक सय ८३ दशमलव ८० रोपनी जग्गा प्राप्त गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने निर्णय पनि भएकाे छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया