आजको संसद् बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर

 जेठ ४, २०८० बिहीबार ७:४०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदहरुबीच प्रश्नोत्तर हुँदैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । प्रतिनिधि सभामा ६ महिनापछि आज प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुन लागेको हो ।

प्रश्नका लागि २० जना सांसदले सभामुख देवराज घिमिरेलाई लिखित जानकारी गराएका संसद् सचिवालयले जनाएको छ । तीमध्ये १५ जना सांसदले मात्रै आज प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्न सोध्न पाउने छन् । प्रतिनिधि सभा नियमावली अनुसार प्रधानमन्त्रीले १५ वटा प्रश्नको जवाफ दिनुहुनेछ ।

१५ जना प्रश्नकर्तामध्ये नेपाली कांग्रेस र नेकपा एमालेका तीन/तीन जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीका एक/एक सांसदले प्रश्न सोध्नेछन् ।

एक जना सांसद मात्र रहेको दल र स्वतन्त्र सांसदको तर्फबाट एकजना सांसदलाई प्रश्न गर्न दिइनेछ । सांसदहरूले नक्कली भुटानी शरणार्थी प्रकरण, देशको आर्थिक अवस्था, प्रधानमन्त्रीको भारत भ्रमण र एजेन्डा, भ्रष्टाचारसम्बन्धी विभिन्न विषय, नागरिकताको सवाल, टीकापुर घटनालगायत विषयमा प्रश्न गर्दैछन् ।

यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणबारे आजको संसदमा बोल्ने भनेकोमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका कारण स्थगित भएको छ । गएको २८ गते पार्टीको केन्द्रीय कमिटी बैठकमा उहाँले संसदमा शरणार्थी प्रकरणबारे केही तथ्य खोल्ने बताउनुभएको थियो ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया