सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा जुनसुकै तहका व्यक्ति संलग्न भए पनि उम्कन नपाउने बताउनुभएको छ।
नेकपा एकीकृत समाजवादी पार्टीका सांसद शेरबहादुर कुँवरले उठाएको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थी प्रकरणमा जुनसुकै भीआईपी र भीभीआईपी संलग्न देखिए पनि पक्राउ गरेर छानबिन हुने र दोषी देखिएमा कारबाही हुने बताउनुभयो ।
उहाँले प्रहरीको निष्पक्ष र व्यावसायिक अनुसन्धानमा कतैबाट पनि हस्तक्षेप नभएको र हस्तक्षेप हुन नदिनेमा प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उहाँले दोषी देखिएका व्यक्तिलाई कानुनको दायरामा ल्याउन कुनै कसर बाँकी नराखेको र बाँकी नराख्ने बताउनुभयो ।
दोषी नउम्कियोस् र निर्दोष नफसोस् भन्नेमा सरकार सचेत रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले सरकारले भ्रष्टाचारका अरु प्रकरणको पनि क्रमश: छानबिन गर्ने दाबी गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।