नागरिकता विधेयक १ महिनाभित्र टुङ्गो लाग्छ : प्रधानमन्त्री प्रचण्ड

 जेठ ४, २०८० बिहीबार १४:२७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकतासम्बन्धी विधेयक एक महिनाभित्रै टुङ्गाे लाग्ने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा सदस्य दीपक कार्कीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्रै नागरिकतासम्बन्धी विधेयकको टुङ्गो लाग्ने बताउनुभएको हो । उहाँले अघिल्लो प्रतिनिधि सभाकै पालामा पारित भएर राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक प्रमाणीकरण नभएर 'होल्ड' भएर बसेको र खारेजसमेत नभएको अवस्था रहेको भन्दै उहाँले त्यही विधेयकलाई राष्ट्रपतिमार्फत प्रमाणीकरण गराउने विषयमा पनि छलफल भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नागरिकता विधेयकबारे विभिन्न सम्भावना देख्छु । त्यहाँ उपस्थित भएको सुझावको आधारको एउटा बाटो । अर्को बाटो फेरि यही सदनबाट नै, अहिलेको यो नयाँ सदनबाट त्यसको विषयमा एउटा या त संकल्प प्रस्तावमार्फत । या अरू कुनै प्रस्तावमार्फत राष्ट्रपतिलाई त्यो विधेयकको बारेमा प्रमाणीकरण गर्न अनुरोध गर्ने बाटो एउटा हुन सक्छ । या अर्को मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर राष्ट्रपतिसँग अनुरोध गर्ने पनि एउटा बाटो हुन सक्छ । त्यो विधेयकलाई खारेज गरेर फेरि अर्को विधेयक ल्याउनेबारेमा पनि मतहरू छन् । प्रधानमन्त्रीको हैसियतले मेरो के कोसिस छ भने एक महिनाभित्रै यसको टुङ्गो लाग्छ ।’

प्रधानमन्त्रीले नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याउनुपर्ने मतसमेत रहेको भन्दै विभिन्न सम्भावनाहरूमा छलफल भइरहेको पनि बताउनुभयो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया