सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डौ – जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डाैले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाविरुद्ध आज अदालतमा अभियोजन दर्ता गर्ने तयारी गरेको छ ।
अभियोजनका लागि गठित आठ सदस्यीय समितिले प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजनपत्र तयार गरिरहेको कार्यालयका प्रमुख सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिनुभयो ।
उहाँले सकेसम्म आज नै मुद्दा दर्ता गर्ने गरी अध्ययन भइरहेको बताउनुभयो । प्रहरीको रायमाथि केही थपघट गरेर अभियोजन दर्ता हुनसक्ने उहाँको भनाइ छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डौले नक्कली भुटानी शरणार्थी प्रकरणमा गरेको अनुसन्धान प्रतिवेदन गएको सोमवार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो ।
यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पालगायत १६ जना पक्राउ परेका छन् ।
पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा नीरजसहितका १७ जना फरार छन् ।
यो प्रकरणमा संलग्नलाई ठगी, राज्य विरुद्धको अपराध र सङ्गठित ठगीमा मुद्दा चलाउन सकिने राय प्रहरीले दिएको छ ।
यस्तै सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोगमा पनि अनुसन्धान गर्न लेखी पठाउन राय दिएको छ ।
प्रहरीले घटनामा अन्य व्यक्तिहरु पनि संलग्न रहेको आशंकामा थप अनुसन्धानको बाटोलाई खुला राखेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।