दरबार हत्याकाण्ड र गौर हत्याकाण्डको अनुसन्धान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

 जेठ १६, २०८० मंगलबार १४:१४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउने बताउनुभएको छ ।

मङ्गलवार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिसडाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले ठूला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्डलगायतका हत्याकाण्डहरूको अुनसन्धान गरी निचोडमा पुग्ने बताउनुभयो । 

प्रधानमन्त्रीले २०४६ सालको जनआन्दोलनपछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणहरूको बारेमा खोजी गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भ्रष्टाचारका काण्ड र ठूला हत्याकाण्डका बारेमा अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउनुपर्ने र यसबारेका शङ्काहरूको छिनोफानो गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘मैले सदनमा पनि भनेको छु, अब भ्रष्टाचारका सबै फाइलहरू खोलिनेछन् । मैले भनेको छु, २०४६ सालको ऐतिहासिक जनआन्दोलनपछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणहरूको बारेमा खोजी गरिन्छ । ठूलाठूला भयानक हत्याकाण्डहरूकाे खोजी गर्नुछ । चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरबार हत्याकाण्ड । त्यसको छिनोफानो भएको छैन । नेपाली नागरिककाे मनमा यसबारेमा शङ्काहरू छन् । के भएको हो भन्ने कुराको सत्य/तथ्य आएको छैन । यी सबै कुराहरू पनि हामीले क्रमशः लगेर नयाँ विश्वास नागरिकमा जगाउनु छ ।’ 

प्रधानमन्त्री प्रचण्डले आफ्नाे भारत भ्रमणका क्रममा बिजुलीकाे बजार क्षमताको ग्यारेन्टी हुने गरी छलफल गर्ने विश्वास व्यक्त गर्नुभयाे । उहाँले भारत भ्रमणमा सीमा विवादकाे समाधान गर्न उपाय खोज्ने र विश्वासको वातावरण बनाउन पहल गर्ने बताउनुभयो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

3 Comments

  • Buddhi bastola

    May 30, 2023, 3:55 p.m.

    अनुसन्धार गरेर के गर्नहो दोशी देखिएर अदालतले आजिवन सजाय दे का लाई त आफ्नो सत्ता स्वार्थका लागि छाडिदिनु भयो (गफ नलाउनु होस यस्ता गअ अव चनताले पत्याउने वाला छैनन्) अवको चुनावमा तपाईहरु झन पत्ता साप हुने निश्चित प्राय छ ।

  •  0 Reply
  • durga Damai

    May 30, 2023, 3:21 p.m.

    छिटो टुङ्गो मा लगेर जनताको बिश्वास जित्न जरुरी छ ।

  •  0 Reply
  • जो जो लोप्पा

    May 30, 2023, 3:05 p.m.

    गौर हत्याका हत्याराहरूलाई कार्वाही गरेर देखाउन सुझाव छ

  •  0 Reply

तपाईको प्रतिक्रिया