सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनैसुनले ढाकिएको देखिने गरी आफ्नो फोटो सामाजिक सञ्जालमा 'ट्रोल' गरिएको गुनासो गर्नुभएको छ । औँठी लगाउने रुचिसमेत नभएको मान्छेलाई जिउभरि सुनैसुनले ढाकिएको फोटो सामाजिक सञ्जालमा ट्रोल गरेर झुटको खेती गरेको भन्दै उहाँले आपत्तिसमेत जनाउनुभयो ।
बुधवार पार्टी केन्द्रिय कार्यालयमा पार्टी प्रवेश गरेका कलाकारहरूलाई स्वागत गर्दै अध्यक्ष ओलीले आफूले आमा बित्दा र एक पटक साथीले दिएको औँठी केही समय लगाएको तर त्यसबाहेक आफूले सुनको औँठी नलगाएको पनि बताउनुभयो । उहाँले त्यो सत्यलाई बङ्ग्याएर आफ्नो सुनैसुनले ढाकेको आफ्नो फोटो सामाजिक सञ्जालमा ट्रोल गरिनु आपत्तिजनक रहेको बताउनुभयो । आफूसँग भएको ज्ञान, कला र क्षमताको दुरुपयोग गरेर यस्तो खालको गतिविधि गरिनु देशका लागि दुःखको कुरा भएको उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘केपी ओलीको फोटोमा हातभरि सुनैसुनका, यता पनि सुनैसुनका बोकी नसक्नु । त्यति सुन म बोक्न पनि सक्दिनँ होला । मैले जिन्दगीमा औैँठी लगाएको छैन । म सानो हुँदा मेरो आमा बित्नुभयाे, आमाले लगाउने गर्नुभएको औँठी तैँले लगा भनेर सानो छँदै एक पल्ट लगाइदिएका थिए । त्याे पनि तीन/चार दिन लगाएँ । त्यसपछि फेरि एक दिन एउटा साथीलाई के झोक चलेछ, एउटा औँठी ल्याएर मलाई दिए । त्याे औँठी दिनभरि लगाए अनि बेलुका फुकालेर राखेँ । त्यसबाहेक मैले औँठी पनि लगाएको छैन, लगाउदिनँ पनि । जसले औँठी पनि लगाउँदैन उसैलाई बोक्न नसक्ने गरी सुन लगाइदिएको छ । यति साह्रो झुट पनि गर्न सक्दा रहेछन् । सत्य पो उजागर गर्ने त ।’
उहाँले इमानमा अड्न नखोज्ने अवस्थामा नेपाली समाज पुगेको उल्लेख गर्दै त्यसबाट जोगाउनका लागि चेतनाको बिगुल फुक्न पनि कलाकारहरूलाई आह्वान गर्नुभयो । अध्यक्ष ओलीले पार्टीमा प्रवेश गरेका कलाकारहरूलाई राष्ट्र निर्माणको अभियानमा क्रियाशील गराउने पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।