भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने, ‘बङ्लादेशलाई चाँडै ५० मेगावाट निर्यात’

 जेठ १८, २०८० बिहीबार १३:३९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विद्युत् खरिद बिक्रीको सम्झौता भएको हो ।

सम्झौतापछि भएको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो सम्झौताको बारेमा उल्लेख गर्नुभएको छ । यस्तै, भारतले नेपालको तल्लो अरुण आयोजना र फुकोट कर्णाली आयोजना बनाउने पनि सम्झौता भएको छ ।

यस्तै, भारतीय प्रसारणलाइनको प्रयोग गरेर नेपालले बङ्लादेशलाई चाँडै ५० मेगावाट बिजुली बेच्न पाउने पनि समझदारी भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त पत्रकार सम्मेलनका क्रममा उल्लेख गर्नुभयो ।

यस्तै, अमलेखगञ्जबाट चितवनको लोथरसम्म र सिलगुढीबाट झापासम्म पेट्रोलियम पाइपलाइन बनाउने र दुवै ठाउँमा पेट्रोलियम भण्डारण केन्द्र बनाउने पन सम्झौता भएको छ । यस्तै, दुई देशबीच क्रस बोर्डर पेमेन्ट अर्थात् अन्तरदेशीय भुक्तानी प्रणालीको विषयमा पनि समझदारी भएको छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया