चुडामणि शर्मासहित ३ जना भ्रष्टाचारको मुद्दामा दोषी ठहर, अकुत सम्पत्ति कमाएको विषयमा भने सफाइ

 जेठ १८, २०८० बिहीबार १९:०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चुडामणि शर्मासहित ३ जना भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् ।

१० अर्ब रुपैयाँको कर फर्स्याेट राजस्व चुहावटसम्बन्धी मुद्दामा विशेष अदालतले आज तत्कालीन सहसचिव चुडामणि शर्मासहित कर फर्स्याेट  आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई दोषी ठहर गरेको हो ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा न्यायाधीशहरु यमुना भट्टराई र शालिग्रामप्रसाद कोइरालाको इजलासले तीन जनालाई कैद सजाय हुने फैसला गरेको छ । उनीहरुलाई सजाय तोक्नका लागि जेठ २५ मा पेसी तोकिएको छ ।

यस मुद्दामा ३ वर्षसम्मको कैद सजाय हुन सक्ने कानुनी प्रावधान छ ।  तर अर्बौँ रुपैयाँ भ्रष्टाचारको आरोप लगाएका उनीहरुलाई अकुत सम्पत्तिको मुद्दामा भने सफाइ दिएको छ । २०७४ साउन १ गते सरकारले शर्मासहित तीन जनालाई १० अर्ब २ करोड रुपैयाँ राजस्व अपचलनको मुद्दा दायर गरेको थियो ।

सर्वोच्च अदालतमा मुद्दा दायरपछि उनीहरु जनही १/१ करोड रुपैयाँ धरौटीमा रिहा भएका थिए । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्मा आयोगमा सदस्यसचिवको हैसियतमा कार्यरत थिए ।

२०७१ सालमा तत्कालीन अर्थमन्त्री रामशरण महतले गठन गरेको कर फर्स्याेट आयोगले बक्यौताका रूपमा रहेको ३० अर्ब ५२ करोड रुपैयाँ फर्स्याेट गरी ९ अर्ब ५४ करोड रुपैयाँ मात्रै असुल गर्ने निर्णय भएको थियो  ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया