सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले बिजुली निर्यातको समस्या समाधान हुने बताउनुभएको छ ।
आइतवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले भारत भ्रमण भएसँगै अब बिजुली निर्यातको समस्या समाधान हुने बताउनुभएको हो । उहाँले बिजुली निर्यातको समस्या नहुनुलाई नेपालले ठूलो उपलब्धिको रूपमा लिनुपर्ने बताउनुभयो ।
मन्त्री महतले बिजुलीकाे विद्युतको उत्पादन बढाएसँगै आन्तरिक खपत पनि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले बिजुली निर्यात बढाउन सकेमा व्यापार घाटा घट्ने बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘भारत भ्रमणका क्रममा बिजुली निर्यातको समस्या समाधान गर्ने काम अगाडि बढेको छ । हामीले बिजुली उत्पादन गर्न सक्नुपर्याे । अब बजारको समस्या हुन्न भन्ने कुरा ठूलाे उपलब्धिजस्तो लाग्छ । गाडीदेखि भान्सामा विद्युतीय उपकरण हुने हाे भने हाम्रो पेट्रोलियम आयात घट्छ । त्यसैगरी बिजुली निर्यात धेरैभन्दा धेरै गर्न सक्याैँ भने व्यापार घाटा घट्छ ।’
मन्त्री महतले भारत भ्रमण अत्यन्त सौर्हादपूर्ण र उपलब्धिमूलक भएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।