सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा आफ्नो पार्टीका सांसदहरूको केही दिनयताको बहस अमर्यादित भएको भन्दै माफी माग्नुभएको छ ।
बिहीवारको प्रतिनिधि सभा बैठकमा सभापति लामिछानेले विगत केही दिनयता प्रतिनिधि सभामा भएको छलफलबाट आफू लज्जित भएको बताउनुभएको हो । उहाँले प्रतिनिधि सभा बैठकमा राँगा र भैँसीको विषयमा गफ गरेर पाँच वर्ष बिताएमा गोबरबाहेक केही पनि नपाउने बताउनुभयो । बजेटको विषयमा कुराकानी गरिरहँदा यस्तो विषय बैठकमा उठ्नुले सर्वसाधारणमा राम्रो सन्देश नगएको भन्दै आफ्नो भागमा पर्ने दोषप्रति आफू जिम्मेवार भएको र क्षमायाचना गर्ने सभापति लामिछानेकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘हामी संसद्काे मर्यादा राख्नलाई कहीँ कतै चुकिरहेका त छैनौँ ? यसबारेमा अलिकति ध्यानाकर्षण गराउन चाहन्छु । संसदमा केही दिनयता भएका बहसलाई लिएर हामी कहीँ न कहीँ लज्जित भएका छौँ । यो सदनमा भैँसी, राँगाको विषयमा गफ गरेर पाँच वर्ष बिताउने हो भने हामीले गोबरबाहेक केही पनि प्राप्त गर्न सक्दैनौँ । हामी आत्मालोचना गर्न चाहन्छौँ । हाम्रा दलबाट पनि भएका कमजोरीलाई आत्मालोचना गर्न चाहन्छौँ ।’
सभापति लामिछानेले हचुवाको भरमा बजेट निर्माण भएको टिप्पणी गर्नुभयो । उहाँले बजेट राजस्वमा आधारित भएको भन्दै कार्यान्वयनमा आशङ्का पनि गर्नुभयो । उहाँले गोरखा, नुवाकोट र डडेलधुरामा मात्रै विकास बजेट गएको समाचारहरू बाहिरिएको भन्दै यस सम्बन्धमा अर्थमन्त्रीको जवाफको माग गर्नुभयो । उहाँले बजेटमा विदेशमा भएका नेपालीलाई मताधिकार दिने विषय नपरेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।
यस्तै सभापति लामिगछानेले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन माग गर्नुभयो । त्यसैगरी उहाँले आउँदा दिनमा बजेट बन्नुभन्दा पाँच महिना अगाडि नै शिक्षा र स्वास्थ्य नीति कस्तो बनाउने भन्ने सम्बन्धमा बृहत् छलफल गरेर साझा अवधारणा बनाउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै आफूहरू जन्मसिद्ध नागरिकले नागरिकता पाउनुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गर्दै नागरिकता विधेयक संसदमा छलफल हुनुपर्ने र आफूहरू छलफलमा भाग लिन पाउनुपर्ने पक्षमा रहेको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।