‘रिबन काट्ने भनेपछि दौडिने अनि संसदमा आएर जवाफ दिनुपरे भाग्ने ?’

 असार १२, २०८० मंगलबार १६:५५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रीहरू संसद् र समितिका बैठकबाट तर्किने गरेको बताउनुभएको छ । 

मङ्गलवार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले कार्यपालिका समितिको निर्देशन सुन्न नपरोस्, संसदमा सकेसम्म जान नपरोस् भनेर मन्त्रीहरू तर्किने गरेको बताउनुभयो । उहाँले सांसदहरू मन्त्री बनिसकेपछि संसदीय समितिमा आउने उत्सुकता हराउँदै जाने उल्लेख गर्नुभयो । उहाँले संसद् र संसदीय समिति छलेर साना बाहिरी काममा रमाउने प्रवृत्ति संसदीय प्रणालीका लागि राम्रो नभएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘मन्त्रीहरूमा सकभर समितिले निर्देशन नदेओस्, समितिमा सकेसम्म जान नपरोस्, समितिले दिएको निर्देशन सुन्न नपरोस्, त्यो कार्यान्वयन गर्न नपरोस् भन्ने खालको अवस्था देखिन्छ । मन्त्रीहरू मेराे बाहिर काम छ भनेर सकभर यहाँबाट उम्किनै खोज्नु हुन्छ । रिबन काट्ने भनेपछि दौडिने अनि समितिमा आउन आनाकानी गर्ने ? संसदमा आएर जवाफ दिनुपरे भाग्ने ? यो तरिका राम्रो होइन । यो कुनै एक जना मन्त्रीको कुरा होइन प्रवृत्तिजस्तो भएको छ ।’

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले संसदीय पक्षधर्ताले संसद्लाई बलियो बनाउन लाग्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया