सात वटा नयाँ औद्याेगिक ग्राम घाेषणा गर्ने सरकारकाे निर्णय

 असार १२, २०८० मंगलबार १८:५४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले देशका विभिन्न ठाउँमा सात वटा नयाँ औद्योगिक ग्राम घाेषणा गर्ने निर्णय गरेको छ ।

मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले कालीकोटलगायत विभिन्न ठाउँमा सात वटा नयाँ औद्योगिक ग्राम घाेषणा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशका विभिन्न सात ठाउँमा औद्योगिक ग्राम बनाउने निर्णय भएकाे बताउनुभयो ।

प्रवक्ता शर्माले देशका विभिन्न ठाउँबाट औधोगिक ग्राम स्थापनाका लागि प्रस्ताव आएकाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरेको बताउनुभयो ।

यस्तै बैठकले सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यको रूपमा नवराज अधिकारीलाई नियुक्त गरेको छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया