राष्ट्रपति पाैडेलकाे उपचार खर्च निकासाका लागि अर्थ मन्त्रालयलाई परराष्ट्रकाे पत्राचार

 असार १९, २०८० मंगलबार १९:३६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलको भारतको दिल्लीमा उपचार गर्दा भएको खर्च निकासाका लागि परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ ।

अर्थ मन्त्रालयले गएको ११ गते स्वास्थ्य उपचारलगायतको खर्चका लागि मापदण्डअनुसार खर्च गर्ने गरी ५५ लाख चार हजार छ सय ५४ रुपैयाँको सहमति दिएको थियो । यस्तै असार १२ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च बेहोर्ने निर्णय गरेको छ । अर्थको सहमतिअनुसार नै बिल भरपाई पठाएर निकास मागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति पौडेललाई गएको वैशाख ६ गते श्री एअरलाइन्सको चार्टर्ड एअर एम्बुलेन्सको उडानमार्फत भारतको नयाँ दिल्लीमा उपचार गर्न लगिएको थियो । काठमाण्डाैबाट दिल्लीसम्मको एअर एम्बुलेन्सका लागि ३३ लाख रुपैयाँ, दिल्लीको उपचारमा झन्डै सात लाख रुपैयाँ र फर्कँदाको भाडा झन्डै छ लाख रुपैयाँ खर्च भएको देखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपतिको सचिवालय तथा परिवारका सदस्यको दैनिक भ्रमण भत्ता भने कसले बेहोर्ने भन्ने निर्णय भएको छैन । यसअघि राष्ट्रपतिले उपचार खर्च आफैँले बेहोर्न चाहेको भनी उहाँको कार्यालयबाट सूचना सार्वजनिक भएको थियो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया