इसाई धर्मावलम्बीले धुमधामका साथ मनाए क्रिसमस
पुस १०, २०८१ बुधबार
रुसले युक्रेनमा आक्रमण शुरु गरेको पाँच सय दिन पूरा भएको छ । रुसले सन् २०२२ को फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण शुरु गरेको हो ।
आक्रमण शुरु भएको पाँच सयौँ दिनमा युक्रेनी राष्ट्रपति भाेलोदिमिर जेलेन्स्कीले युद्ध शुरु भएको ठाउँ स्नेक आइल्याण्डको भ्रमण गर्नुभएको छ । युद्ध शुरु हुने बेला रुसी सेनाले आत्मसमर्पणका लागि दिएको आदेश नमानी युक्रेनी सेना अन्तिम अवस्थासम्म लडेका थिए ।
शुरुमा रुसले आक्रमण गरेको ब्लाक सी को यो टापु पछि युक्रेनले फिर्ता गरेको हो । एउटा भिडियो जारी गर्दै जेलेन्स्कीले स्नेक आइल्याण्डलाई विजयको ठाउँ भन्नुभएको छ । युक्रेन युद्धको ५ सय दिनमा नौ हजारभन्दा धेरै नागरिक मारिएका छन् । जसमध्ये ५ सय बालबालिका रहेका संयुक्त राष्ट्रसङ्घलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । तर ज्यान गुमाउनेको संख्या सरकारी तथ्याङ्कभन्दा धेरै हुने संयुक्त राष्ट्रसंघीय मानवअधिकार अनुगमन मिसनले जनाएको छ ।
समाचारसंस्था रोयटर्सका अनुसार युद्धमा रुसी सेनाका झण्डै ४३ हजार जना र युक्रेनी सेनाका झण्डै साढे १७ हजार जना मारिएका बताइए पनि यकिन तथ्याङ्क छैन । युद्धमा ज्यान गुमाएका र घाइते गरी साढे तीन लाख जनाभन्दा धेरै सैनिकहरु प्रभावित भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।