प्रधानमन्त्रीले कमजाेरी स्वीकार्ने, एमालेले सदनमा अवराेध नगर्ने

 असार २५, २०८० सोमबार १५:२६:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कमजोरी स्वीकार गरी प्रतिनिधिसभामा सम्बोधन गर्ने सहमतिपछि नेकपा एमालेले सदनमा अवराेध नगर्ने भएकाे छ ।

साेमवार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गर्नुभएकाे छलफलमा याे सहमति जुटेकाे हाे । छलफलमा प्रधानमन्त्रीले कमजाेरी स्वीकार गरी संसदमा सम्बाेधन गर्ने सहमतिपछि एमाले सदन खुलाउन तयार भएकाे हाे ।

प्रधानमन्त्री प्रचण्डले गएकाे असार १८ गते एक पुस्तक विमाेचन कार्यक्रममा दिएकाे अभिव्यक्तिलाई लिएर एमालेले संसदमा अवराेध गर्दै आएकाे थियाे । यसअघि हिजाे आइतवार शीर्ष तीन दलबीच सदन खुलाउन सहमति भएकाे भनिए पनि त्यसकाे दुई घण्टामा नै संसद् स्थगित भएकाे थियाे । आजकाे सहमतिपछि प्रतिनिधिसभाकाे बैठक केहीबेरमा सुरु हुँदैछ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया