सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ ।
लामो समयदेखि अस्वस्थ रहँदै आउनु भएकी उहाँको ६९ वर्षको उमेरमा बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको डा. युवराज शर्माले बताउनुभयो ।
पार्किन्सन जस्तै देखिने एक जटिल प्रकारको रोगबाट उहाँ पीडित हुनुहुन्थ्यो ।
बिहान हृदयाघात भएपछि उहाँलाई अस्पताल पुर्याइएको थियो । उहाँको पार्थिव शरीर श्रदाञ्जलीका लागि दिउँसो १ बजेसम्म पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा राखिने छ ।
दिउँसो २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
वि.सं. २०११ साल असार २१ गते कास्कीको हेम्जामा जन्मिनुभएकी सीता दाहालको २०२६ सालमा पुष्पकमल दाहाल प्रचण्डसँग विवाह भएको थियो ।
वि.सं. २०२८ सालदेखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध सीता दाहाल जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै अहिले माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो ।
पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताउनुभएकी दाहाल सशस्त्र द्वन्द्व शुरु भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय हुनुहुन्थ्यो ।
उहाँका चार सन्तानमध्ये जेठी छोरी ज्ञानुको क्यान्सर र छोरा प्रकाशको हृदयाघातका कारण निधन भइसकेको छ ।
दुई छोरी रेणु र गंगा दाहाल राजनीतिमा नै सक्रिय छन् । रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयर हुनुहुन्छ भने केन्द्रीय सदस्यसमेत रहेकी गंगा प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिव हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
चन्द्रप्रकाश गिरि
July 12, 2023, 2:18 p.m.हार्दिक श्रद्धा-सुमन अर्पण।
बालकृष्ण घिमिरे
July 12, 2023, 12:01 p.m.हार्दिक श्रद्धाञ्जली सहित यो पिडामा भावबिहोल हुनुभएका प्रधानमन्त्री र परिवारजनहरु प्रती हार्दिक समवेदना ।
Ramesh Raj Subedi
July 12, 2023, 9:27 a.m.हार्दिक श्रद्धाञ्जली