स्वर्गद्वारी गुठीका मोही किसानले माइतीघरमा अनिश्चितकालीन धर्ना...
माघ २०, २०८१ आइतबार
वैशाख २३ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले खाडीमा कार्यरत नेपालीले रेमिट्यान्स नपठाए घर मात्रै नभई देश पनि नचल्ने बताउनुभएको छ ।
युएई र ओमानमा रहेका नेपाली श्रमिकका समस्या नजिकबाट बुझ्न पाएको भन्दै केसीले खाडीबाट रेमिट्यान्स नगए सरकारका धेरै अंग चल्न नसक्ने बताउनुभएको हो । संघीयताका नाममा सयौं मन्त्री र उनीहरुका परिवारलाई मुलुकले पाल्नुपर्ने अवस्था आएकाले विदेशबाट नेपालीले पैसा नपठाए देश ठप्प हुने बताउनुभयो ।
युएई नेपाली एकता समाजले शुक्रबार दुवईमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उहाँले भन्नुभयो, ‘एमाल माओवादी मिलेर गएको चुनावमा कांग्रेसलाई भित्तामा पुर्याएर राम्रो गरेकोले वाम एकताका लागि पद नमिलेर अलमल गर्न हुँदैन ।’
दुई दलका ठूला नेताहरुले पार्टीको सदस्य पद मात्रै लिएर भएपनि एकता गर्न केसीले सुझाव दिनुभयो । अहिलेका परराष्ट्र मन्त्रीलाई जिताउन गुल्मीमा चुनावी तालमेल गरेको स्मरण गर्दै घरेलु काममा आएका महिलाले पुनःश्रमस्वीकृति नपाउने चिन्ताले घर फर्किन नपाएको विषय सम्बन्धमा परराष्ट्र मन्त्रीसँग छलफल गर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।