सभामुख घिमिरेद्वारा बजेट विधेयक प्रमाणित

 असार २९, २०८० शुक्रबार १८:४८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएकाे आर्थिक वर्ष २०८०/८१ को बजेट सम्बन्धी विधेयक प्रमाणित गर्नुभएको छ ।

नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम सभामुखले प्रतिनिधि सभाले संशोधनविना पारित गरेको र राष्ट्रिय सभाले सुझावविना फिर्ता पठाउने गरी पारित गरेका विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणित गर्नुभएको हो ।

संसद्का दुवै सदनले पारित गरेका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा जाने व्यवस्था छ । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) राष्ट्रिय सभाको हिजोको बैठकले र प्रतिनिधि सभाबाट असार १३ गते पारित भएको थियो ।

सरकारले गएकाे जेठ १५ गते सङ्घीय संसद्का दुवै सदनमा आउँदाे आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो । प्रतिनिधि सभाको अर्को बैठक पर्सि आइतवार दिउँसो १ बजे बस्नेछ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया