ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथिको सुनुवाइ लम्बियो

 साउन ४, २०८० बिहीबार ६:४९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - ललिता निवास प्रकरणमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथिको सुनुवाइ लम्बिएको छ । रिट निवेदकका तर्फबाट बहस गर्ने वकिल धेरै भएका कारण सुनुवाइ लम्बिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा हिजो पनि बहस हुँदाहुँदै समय सकिएपछि यो विवादमा आज पनि सुनुवाइ हुँदैछ ।

ललिता निवासको सरकारी जग्गा हिनामिना अभियोगमा असार १२ गते पक्राउ परेका मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले असार १३ गते तथा सचिव कृष्णबहादुर राउतले पक्राउ परेको ३ दिनपछि असार २७ गते रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएपछि त्यसको सुनुवाइ भइरहेको हो ।

पक्राउ परेकाहरुले  रिहाइको माग गरिरहँदा प्रहरी प्रधान कार्यालयले भने पहिल्यै सर्वोच्चले पक्राउ नगर्न दिएको अन्तरिम आदेश खारेज गर्न माग गरेको छ । आफूलाई पक्राउ नगर्न माग गरेका टीकाराम घिमिरेसहितका निवेदन पनि साथै राखिएको छ ।  

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बालुवाटार जग्गा प्रकरणमा उनीहरुसहितलाई पक्राउ गरेर कीर्ते र सङ्गठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको  छ । सीआईबीले ४ सय ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया