गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भैसकेपछि बरामद भएको सुनबारे अनुसन्धान भैरहेको राजश्व अनुसन्धान विभागले जनाएको छ । बरामद भएकाे सुन झण्डै एकसय किलोको भएको अनुमान गरिए पनि यकिन परिमाण आज मात्रै थाहा हुने विभागको भनाइ छ ।
सुन ओसारपसारमा संलग्न रहेको अभियोगमा ट्याक्सी चालकसहित ६ जना पक्राउ परेका छन् । विमानस्थल पास भएर आएको सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला हिजो बरामद गरिएको थियो।
मोटरसाइकल र स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाइ हङकङबाट तस्करी गरेर ल्याइएको सुन बरामद भएको हो । एकैपटक यति धेरै सुन बरामद भएको सम्भवतः पहिलो घटना भएको विभागको भनाइ छ । यसअघि २०७४ साल भदौमा चिनियाँ तस्करले भित्र्याएको ८८ किलो सुनसहित काठमाण्डौको क्षेत्रपाटीबाट गाडी चालक पक्राउ परेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Chhabi kharel
July 20, 2023, 8:05 p.m.१०० कीलो सुन नदेख्ने X-ray मसीनले हैन त्यही बीदेस बाट लगेको ५०/६० हजारको मोबाईल फोन कसरी देख्छ बा
Supriya Rai
July 20, 2023, 1:07 p.m.Thula machha lai rajnitik samrakchan vayerei ta hola ni khali vura haru matrei pakrau parchhan. Thula machha lai karbahi sahit jail jaakna nasakne chai hamro Nepal ma matrei hola. Uuhta Argentina ma purba uparastrapatilai 6 barsha ko jail sajaya vayo vrastachar gareko pramanit vayekole. Yaha Nepalma ta praman nei chapaune, gayab hune hunchha k vanne khai.
Ananta Gyawali
July 20, 2023, 9:12 a.m.हिजो एयरपोर्टमा कार्यरत सम्पुर्ण नेपाल प्रहरी, अध्यागमन विभाग र वायु सेवा निगमका कर्मचारीहरुलाई तत्काल पक्राउ गरि कार्वाही गनुपर्यो । उसो गर्दा अव आइन्दा यस्तो सेटिङको हर्कत कसैले गर्न सक्दैन ।
Narkaji chhetri
July 20, 2023, 11:52 a.m.घ टनाको पर्किती हेरदा सबै को मिलोमतोमा भएको हो हिजो जो जो डिउटिमा थििए सबैलाई छानबिनको दाएरमा लिएरआउनु पर्यो ।