१९ वर्षमुनिको महिला टी–२० विश्वकप खेल्न मलेसिया जाने नेपाली ...
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – सत्ता साझेदार नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गर्नुभएको छ ।
शुक्रवार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसद शर्माले सुन तस्करीको बारेमा छानबिनमा सघाउन उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गर्नुभएको हो । उहाँले मन्त्रीद्वयले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने बताउनुभयो । अर्थमन्त्री र गृहमन्त्रीलाई सुन भित्रिएकाे जानकारी नहुनु र प्रधानमन्त्रीले समात्न लगाउने कुरा सरकारको काम कारबाहीसँग मिल्दोजुल्दो नभएको उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘क्विन्टल सुन भित्रिएकाे कुरा अर्थमन्त्री र गृहमन्त्रीले थाहा नपाउने, उहाँहरूको मातहतका निकायका मानिसले थाहा नपाउने र प्रधानमन्त्रीको कार्यालयले हस्तक्षेप गरेर सुन समातिएको देखिन्छ । देशमा क्विन्टल सुन भित्रिएकाे थाहा नपाउने अर्थमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा अनुसन्धानको प्रक्रियालाई सहज बनाउन राजीनामा दिनुपर्छ कि पर्दैन ? यसमा पक्ष र विपक्षको कुरा रहँदैन । देश र नागरिककाे कुरा हुन्छ । यहाँ पार्टीको पनि कुरा हुँदैन । गठबन्धनको भित्रको मान्छे भन्ने हुँदैन, यहाँ देश लुट्न कुनै पनि पार्टीको कुनै नेतालाई छुट छैन, त्यसैले दुई जना मन्त्रीले बाटो खुला गरेर तत्काल अनुसन्धानको विषयलाई सहज बनाइदिनुपर्छ र प्रधानमन्त्रीले चालेको कदममा सहज हुनुपर्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।