कीर्तिपुरको मेयरमा कांग्रेस विजयी
मंसिर १७, २०८१ सोमबार
काठमाण्डाै - नारायणी, गण्डकी, बबई, तिनाउ, राप्तीलगायतका नदीमा जलसतह बढेको छ । रातिदेखि नै चितवन, नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान, दाङ र आसपासका क्षेत्रमा बाढीको जोखिम बढ्नेगरी पानी परेको छ ।
ती ठाउँका नदी तटीय क्षेत्र तथा सहायक नदी र साना नदीमा पनि बाढीको जोखिम रहेको बाढी पूर्वानुमान् महाशाखाले जनाएको छ । महाशाखाले नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ ।
यस्तै, आज काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।
मौसम आंशिकदेखि सामान्य बदली रहेर बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै ठाउँमा पानी परिरहेको छ । कोशी, मधेस, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा लामो समय झरी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाको अनुरोध छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।