जङ्गली च्याउ खाँदा साेलुखुम्बुमा ७ जना बिरामी

 साउन १०, २०८० बुधबार २०:१६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

सोलुखुम्बु – सोलखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ बेलिडाँडामा जङ्गली विषालु च्याउ खाँदा सात जना बिरामी परेका छन् । 

मङ्गलवार जङ्गलबाट ल्याएको च्याउ पकाएर खाँदा तीन परिवारका सात जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार बिरामी पर्नेमा वर्ष ४६ का रामबहादुर मगर, वर्ष ४५ का कुमार मगर, वर्ष २२ की सुनिता मगर, वर्ष ३२ का डोलबहादुर खड्का, वर्ष ५८ की डिकुरीमाया मगर, वर्ष ४६ का इन्द्रबहादुर मगर र वर्ष ४० का काले कार्की रहेका छन् । 

बिरामीमध्ये कार्कीको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको मेडिकल अधिकृत कविन्द्र राईले जानकारी दिनुभयो । अन्य छ जना स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि डिस्चार्ज भएका प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया