रास्वपा सभापति लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित ह...
माघ ९, २०८१ बुधबार
काठमाण्डाै - वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो एक वर्षमा अनुचित व्यापारिक क्रियाकलाप गर्ने झण्डै ८ सय फर्मलाई कारबाही गरेको छ । विभागले गएको आर्थिक वर्ष २०७९/८० मा सात सय ९९ वटा व्यापारिक फर्म र कम्पनी तथा उद्योगलाई कारबाही गरी आर्थिक जरिबाना गरेको हो ।
एक वर्षको बजार अनुगमनबाट अनुचित व्यापारिक कारोबारमा संलग्नलाई कारबाही स्वरुप जरिबाना गर्दा एक करोड ९८ लाख चार हजार रुपैयाँ राजस्व सङ्कलन भएको विभागका निर्देशक होमनाथ भट्टराईले जानकारी दिनुभयो । उहाँले सामान्य गल्ती गर्ने फर्मलाई एक पटक सुधारको मौकासमेत दिने गरेको बताउनुभयो ।
एक वर्षमा विभागले तीन हजार छ सय ९५ व्यावसायिक फर्मको अनुगमन गर्दा दुई हजार तीन सय ३८ वटा व्यावसायिक फर्ममा कैफियत भेट्टाएको थियो । दुई सय ९३ फर्ममा कैफियत देखिएपछि तत्काल सुधार गर्न निर्देशन दिइएको, एक हजार एक सय ५५ फर्मलाई आवश्यक कागजात वा स्पष्टीकरण पेस गर्न निर्देशन दिइएकाे, सात सय ९९ वटा फर्मलाई कारबाहीस्वरुप जरिबाना गरिएको र ९१ वटा फर्ममा अखाद्य वस्तु भेटिएपछि नष्ट गरिएको थियो ।
यस्तै, यो अवधिमा विभागले खान अयोग्य वा म्याद सकिएका एक करोड ६४ लाख ३२ हजार मूल्य बराबरको वस्तु नष्ट गर्न लगाइएको थियो । विभागले दैनिक उपभोग्य वस्तुको गुणस्तर र मूल्यमा केन्द्रित भएर बजार अनुगमन गर्दै आएको छ । तर अनुगमन प्रभावकारी हुन नसकेको उपभोक्ताको गुनासो छ ।
विभागले अनुगमनका क्रममा उपभोक्तासँग बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना तथा कालोबजारी गर्ने, म्याद सकिएका खानेकुरा बेच्ने तथा खरिद बिक्री बिल नराख्ने फर्मलाई पाँच हजारदेखि तीन लाख रुपैयाँसम्म जरिबाना गरिएको विभागले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।