पहिराे खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत बाग्लुङकाे निसीखोला–रुकुमकोट खण्ड अवरुद्ध

 साउन ११, २०८० बिहीबार ९:४०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

बाग्लुङ - केही दिनदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत बाग्लुङकाे निसीखोला–रुकुमकोट खण्ड अवरुद्ध भएकाे छ। 

लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धर्मशाला तथा कालापैरा–२ को खाडुखोलामा बाढी आउँदा लोकमार्ग अवरुद्ध भएको हो । निरन्तरकाे वर्षाका कारण लोकमार्गको विभिन्न ठाउँमा पहिरो जाँदा र रुख ढल्दा सडक अवरुद्ध भएकाे निसीखोला–४ का वडाध्यक्ष टीकानिधि पौडेलले जानकारी दिनुभयो  । 

गएरातिदेखि अवरुद्ध भएको लोकमार्ग अहिलेसम्म खुलाउन नसकिएको उहाँले बताउनु भएकाे छ । 

सडक अवरुद्ध हुँदा रुकुम पूर्वदेखि काठमाण्डौ, पोखरालगायत ठाउँका लागि छुटेका गाडी कालापैरामा राेकिएका छन् । यस्तै, बुर्तिबाङदेखि निसी, भल्कोट हुँदै पूर्वी रुकुम र रोल्पा पुग्ने साना ताथा ठूला गाडी कानाबगरमा रोकिएका छन् । 

खाडु र कालापैरामा माथिदेखि भलसहितको ठूलो बाढी आएर लोकमार्ग पूरै ढाकेकाे पाैडेलले बताउनु भयाे । वर्षाका कारण निसीखोलाका सबै ग्रामीण सडक अवरुद्ध छन् । ग्रामीण सडकदेखि झरेको पहिराेले मुख्य सडकको धेरै ठाउँमा क्षति पुर्याएको छ । वर्षा हुनेबित्तिकै लेदो झरेर सडकमा थुप्रिँदा पटक पटक यातायात अवरुद्ध हुने गरेको छ ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया