नचिनेकाे मानिसकाे समूहले हानेकाे ढुङ्गाले लाग्दा खोटेहाङ गाउँपालिकाको एम्बुलेन्समा क्षति

 साउन ११, २०८० बिहीबार १२:९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

खोटाङ - नचिनेकाे मानिसकाे समूहले हानेकाे  ढुङ्गाले लाग्दा खोटेहाङ गाउँपालिकाको एम्बुलेन्समा क्षति पुगेको छ ।

खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीकी सुत्केरी महिलालाई विराटनगर पुर्याएर फर्कने क्रममा उदयपुरको देउधारमा नचिनेकाे मानिसकाे समूहले हानेको ढुङ्गाले लाग्दा एम्बुलेन्समा क्षति पुगेको गाउँपालिकाले जनाएकाे हाे ।

गुडिरहेको नयाँ एम्बुलेन्सलाई सडकमाथिको डिलबाट हानेको ढुङ्गाले अगाडिको सिसामा लागेको गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राईले बताउनुभयो । ढुङ्गाले लाग्दा एम्बुलेन्सको अगाडिको सिसा फुटेकाे छ । एम्बुलेन्सलाई ढुङ्गा हान्ने व्यक्तिको पहिचान नभएकाे उहाँले बताउनु भयाे । 

घाइते तथा बिरामीलाई सहज रुपमा स्वास्थ्यसंस्थासम्म लैजानका लागि गाउँपालिकाले गएकाे असार २२ गतेदेखि नयाँ एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया