झन्डै ९ हजार थान हतियार जलाएर नष्ट

 साउन ११, २०८० बिहीबार १६:३८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल प्रहरीले विभिन्न समयमा बरामद भएका झन्डै नौ हजार थान हतियार जलाएर नष्ट गरेको छ । विभिन्न मिति र ठाउँबाट कानुन बमोजिम जफत भएका, प्राप्त हुन आएका, बरामद भएका वा बेवारिसे गरी आठ हजार आठ सय ९६ थान हातहतियार बिहीवार काठमाण्डौको कपनमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

भरुवा बन्दुक छ हजार ७४ थान, बाह्र बोर एक सय ७७ थान, विभिन्न प्रकारका पेस्तोल एक हजार ७६ थान, म्याग्नम दुई सय ३२ थान, एअर गन २९ थान, शर्ट गन दुई सय २९ थान, थ्रीनटथ्री राइफल छ सय २६ थान, रिभल्भर तीन सय ३४ थान, ग्यास गन १० थान, हर्नेट २५ थान र नाम नखुलेको ८४ थान हातहतियार नष्ट गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

काठमाण्डाै महानगरपालिका–११ नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन परिसरमा हतियार नष्ट गर्नका लागि प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षकसमेतका प्रतिनिधिहरू, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाण्डाै, कोष तथा लेखा नियन्त्रण कार्यालय लैनचौर एवम् स्थानीय प्रतिनिधि र बूढानीलकण्ठ नगरपालिका–११ का वडाअध्यक्षलगायतको सहभागिता थियो ।

गृह मन्त्रालको गएको जेठ १७ गतेको पत्रअनुसार हतियार नष्ट गर्न नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीको अध्यक्षतामा प्राविधिक टोली गठन भएको थियो ।

 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया