बाग्मती प्रदेशमा सार्वजनिक गाडीकाे भाडा घट्याे (सूचीसहित)

 साउन १२, २०८० शुक्रबार ८:८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – बाग्मती प्रदेशमा सार्वजनिक गाडीकाे भाडा घटेकाे छ । बाग्मती प्रदेश सरकारकाे श्रम रोजगार तथा यातायात मन्त्रालयले बिहीवार (हिजाे) देखि लागू हुने गरी सार्वजनिक गाडीकाे भाडा घटाएको हो ।

नेपाल आयल निगमले साउन १ गते पेट्रोलियम पदार्थकाे मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि बाग्मती प्रदेशले भाडा समायाेजन गरेकाे हाे । 

नयाँ भाडादरअनुसार काठमाण्डाै उपत्यकाबाहिर चल्ने लामो दूरीका यात्रुवाहक गाडीकाे भाडा २ दशमलव ३० प्रतिशत र मालवाहक गाडीकाे भाडा ३ दशमलव १८ प्रतिशतले घटेको छ ।

अब काठमाण्डाै उपत्यकामा सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म यात्रा गर्दा १८ रुपैयाँ, १० किलोमिटरसम्ममा २४ रुपैयाँ, १५ किलोमिटरसम्ममा २९ रुपैयाँ, २० किलोमिटरसम्ममा ३२ रुपैयाँ र २० किलोमिटरभन्दा बढीमा ३७ रुपैयाँ भाडा लाग्ने छ ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया