नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टीबीच एकीकरण

 साउन १४, २०८० आइतबार १६:३१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ । आज आइतवार जनकपुरधाममा एक समारोहबीच दुवै पार्टीका वरिष्ठ नेताहरूले एकीकरण भएको घोषणा गर्नुभएको हो ।

एकीकरण कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवम् नेता रेशमलाल चौधरीले मधेसवादी दलहरूले आफूसँग धोखाधडी गरेको आरोप लगाउनुभयो । उहाँले जनकपुर जान नदिनका लागि मधेसवादी नेताहरूले प्रतिबन्ध लगाउने निर्देशन पार्टी कार्यकर्तालाई दिएको बताउनुभयाे । नेता चौधरीले मधेसको आन्दोलनका लागि लड्दा आफू साढे आठ वर्षसम्म जेलमा बस्नुपरेको दाबी पनि गर्नुभयाे ।

एकीकरण कार्यक्रममा नेपाल सद्भावना पार्टीका महासचिव राजेन्द्र चौधरी र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुलगायत दुवै पार्टीका केन्द्रीय, प्रादेशिक र जिल्लास्तरीय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया