पूर्वप्रधानमन्त्रीहरू परेपछि गठबन्धनले बालुवाटार जग्गा प्रकरण सामसुम पार्ने निर्णय गरेको छ : लिङ्देन

 भदौ १, २०८० शुक्रबार १६:४२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बालुवाटार जग्गा प्रकरणबारे सत्तारूढ पार्टीका बैठकमा घटना सामसुम पार्ने निर्णय भएको दाबी गर्नुभएको छ ।

शुक्रवार भक्तपुरमा आयोजित चाँगुनारायण नगर अधिवेशनमा अध्यक्ष लिङ्देनले सर्वोच्च अदालतले बालुवाटारकाे ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषद्को अध्यक्षता गर्ने व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धानको आदेश दिए पनि सत्ता गठबन्धनले घटना सामसुम बनाउने निर्णय गरेको दाबी गर्नुभएकाे हाे । उहाँले अहिले सरकारले ठूला भ्रष्टाचारविरुद्धका काम गरेँ भनेर डङ्का पिटेकाे बताउनुभयो । सरकार यसरी नै चलिरहने हो भने २०८४ सालको चुनाव नआउने उहाँले दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज हेर्नुहोस् देशको अवस्था कस्तो छ, हामी मिसन ०८४ भन्छौँ । देशको यही अवस्था रहिरहने हो भने ०८४ नआउन सक्छ । आज सरकाकर मस्त निद्रामा छ । केही खरदार, सुब्बालाई जेल हालेर ठूलै भ्रष्टाचारको विरुद्ध काम गरेँ भनेर सरकार डङ्का पिटिरहेको छ । अदालतले अस्ति भर्खर ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषद्को अध्यक्षता गर्नेलाई पक्राउ गर भनेको छ । खाेइ सरकार ? यदि यो सरकार भ्रष्टाचारविरुद्ध इमानदार थियो भने त्यहाँ किन पुगेन ? सत्तारूढ पार्टीका बैठकमा तैँ चुप मै चुपको निर्णय भएको छ । जे भयो यत्तिमै राख्ने निर्णय भएको छ ।’

सरकार एकातिर भ्रष्टाचारविरुद्ध कारबाही गरेको जस्तो देखाउने र अर्कातिर भ्रष्टाचारीको संरक्षण गरेर सत्ता टिकाउने काममा लागेको लिङ्देनकाे आराेप छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया