घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलाली टीकापुरको टीकापुर नगर विकास समितिको जग्गा हिनामिना अभियोगमा दुई सय ४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आज उनीहरूविरुद्ध विशेष अदालत काठमाण्डाैमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीलगायतका पदाधिकारीको मिलेमतोमा नक्कली रसिद बनाई समितिका अध्यक्ष, पदाधिकारी एवम् कर्मचारीको संलग्नतामा नगर विकास समितिका प्लट/घडेरी आफन्तलगायतको नाममा समितिमा कम रकम बुझाई हक हस्तान्तरण गरेको भन्ने उजुरी निवेदनका आधारमा अख्तियारले छानबिन थालेको थियो । टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको सरकारी सार्वजनिक प्रकृतिको जग्गा व्यक्ति विशेष तथा सङ्घ/संस्थाहरूलाई वितरण गरी हक हस्तान्तरण गर्दा नगर विकास ऐन २०४५ तथा नगर विकास निर्देशिका २०६१ अनुसार हुनुपर्नेमा त्यसो नभएको अख्तियारले जनाएको छ । तत्कालीन प्रथम तहमा जग्गा व्यक्तिहरूसँग मिलेमतो गरी व्यक्तिगत स्वार्थ र सम्बन्धको आधारमा साविकको टीकापुर विकास समितिको नामका नक्कली कागजातहरू खडा गरी समितिको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरेको देखिएको अख्तियारले दायर गरेको मुद्दामा उल्लेख छ ।
अख्तियारले टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीविरुद्ध दुई करोड १२ लाख ४० हजार, अर्का तत्कालीन अध्यक्ष ललित ताम्राकारविरुद्ध ५९ लाख तीन सय, तत्कालीन अध्यक्ष धिरज रेग्मीविरुद्ध ६६ लाख ९८ हजार, उपसमिति संयोजक गणेश सिंह रावल, खडकबहादुर शाह, बमबहादुर बम, श्याम खत्री, देवेन्द्रबहादुर कुँवर र पदमराज न्यौपानेविरुद्ध एक करोड ६५ लाख रुपैयाँ बिगो तोकेको छ । यस्तै तत्कालीन अध्यक्ष ललित ताम्राकारको बोर्ड बैठकको निर्णय बमोजिम गठित उपसमिति संयोजक प्रेमसिंह विक; सदस्यहरू श्याम खत्री, भरत स्वाँर, वेदराज ढुङ्गाना, दयाराम सञ्ज्याल, पूर्णबहादुर बोगटी, अमरबहादुर कडायत, मदन कुँवर र तारा सञ्ज्यालविरुद्ध ५९ लाख र तत्कालीन योजना प्रमुख बलबहादुर खडायतविरुद्ध दुई करोड ११ लाख रुपैयाँको बिगो माग भएको छ ।
यस्तै तत्कालीन सदस्य सचिव अम्बादत्त जोशीविरुद्ध दुई करोड ३० लाख, नापी अधिकृत मानबहादुर चन्दविरुद्ध एक करोड ९० लाख, मालपोत अधिकृत जयबहादुर विष्टविरुद्ध एक करोड ६८ लाख, खरिदार धनिराम भण्डारीविरुद्ध एक करोड ८६ लाख, सबओभरसियर नेत्रबहादुर रावलविरुद्ध एक करोड ७९ लाख रुपैयाँ बिगो र जरिबाना मागसहित मुद्दा दायर भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।