घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै – भुटानकाे एफसी ट्रान्सपाेर्ट युनाइटेडलाई हराउँदै मच्छिन्द्र क्लब एफसी केपी ओली कप फुटबलको सेमिफाइनलमा पुगेकाे छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको मैदान सातदोबाटोमा आज भएको खेलमा मच्छिन्द्रले ट्रान्सपोर्ट युनाइटेडलाई १–० गोलले हरायो । मच्छिन्द्रका स्टेफेन जलीले गोल गरे ।
योसँगै केपी ओली कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । यसअघि सङ्कटा क्लब, आयोजक केपी ओली एफसी र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेका छन् ।
अब पहिलो सेमिफाइनलमा आउँदो शुक्रवार सङ्कटा र आर्मी तथा दोस्रो सेमिफाइनलमा शनिवार मच्छिन्द्र र केपी ओली एफसी खेल्नेछन् । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक राष्ट्रिय युवा सङ्घ नेपालले जनाएको छ ।
केपी ओली कपकाे फाइनल खेल यही १९ गते हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।